9 years ago
February 12, 2017
उदयपुर (हाम्रो खेलकुद)– रुपन्देही ११ रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार थारुहट उदयपुर रंगशाला गाईघाटमा झापा ११ लाई सडन डेथमा हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । रुपन्देही सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ ।

आइतबारको नतिजासँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । अर्को सेमिफाइनल सिएमजी क्लब संकटा र मोरङबीच हुनेछ । निर्धारित समयमा १–१ को बराबरी तथा टाइब्रेकरमा ४–४ को बराबरीपछि रुपन्देहीले सडन डेथमा बाजी मारेको थियो । त्यसअघि ६७ औं रेजिन सुब्बाको गोलबाट झापाले खेलमा अग्रता लिएको थियो । खेलको ७२ औं मिनेटमा रुपन्देहीका विकी चौधरीले बराबरी गोल फर्काएका थिए । त्यसपछि कुनै गोल भएन र खेल सिधै टाइब्रेकरमा लगिएको थियो ।
टाइब्रेकरमा रुपेन्देहीका दीपक राई, सौरभ मगर, उत्तम गुरुङ, विजय धिमाल, , दिलिप क्षत्रीले गोल गरे । दीपक राईको प्रहार खेर गएको थियो । टाइब्रेकरमा भmापाका लागि दिलेन मोक्तान, राजकुमार लिम्बु, खामिन गिल्सन र रजिन सुब्बाले गोल गरे । सञ्जोक राईको पेनाल्टी खेर गएको थियो ।
सडन डेथमा दुवै टोलीले दुई दुई पेनाल्टी हानेका थिए । रुपन्देहीका विक्रम लिम्बुको गोल निर्णायक बनेको थियो । झापाका विशाल राईले सडन डेथमा गोल गर्नबाट गोलबाट चुकेका थिए । सडन डेथमा रुपन्देहीका कालु थापा र झापाका विशाल गुरुङ गोल गरेका थिए ।
रमपम उदयुर गोल्डकपमा सोमबारको सेमिफाइनल
मोरङ ११ र सिएमसी क्लब संकटा
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]