default_image

9 years ago

February 13, 2017

उदयपुर गोल्डकपको सेमिफाइनल; आज संकटा र मोरङ भिड्दै

124 views

0 Bookmark

गाईघाट (हाम्रो खेलकुद)– ए डिभिजन क्लब सिएमजी क्लब संकटाले रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सोमबार मोरङ ११ को सामना गर्दैछ ।

sankata

रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको दुई दिनपछि क्लब संकटा बर्षको तेस्रो उपाधि जित्ने क्रममा आजको अन्तिम चारमा भिड्दैछ । त्रिभुवन आर्मी क्लबलाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै संकटाले सिमरा गोल्ड कप जितेको थियो । उदयपुरको सेमिफाइनल पुग्ने क्रममा संकटाले धरान फुटबल क्लबलाई ३–१ ले हराएको थियो । मोरङले अर्को विभागिय टोली एपिएफलाई टाइब्रेकरमा ३–१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको थियो । त्यसअघि बर्षको पहिलो रुपमा संकटाले नारायणघाटमा विकास सिल्ड फुटबलको उपाधि जित्ने क्रममा आर्मीलाई हराएको थियो ।

संकटाले माघ १ गते सुदुरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । जहाँ टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग १–० ले पराजित भएको थियो । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता थारुहट गाइघाट रंगशालामा जारी छ । अर्को सेमिफाइनलमा मंगलबार हिमालयन शेर्पा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख रुपैयाँ जित्ने छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.