default_image

1 year ago

November 4, 2024

बार्सिलोनाको जित, रियलसँग अन्तर बढ्दै

1853 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगमा ११औं जित हासिल गरेको छ ।

१२औं खेलमा ११औं जितका साथ बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी ९ मा पुर्याएको छ । रियल एक खेल कम खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्लबले इस्पानुयल ३-१ को जित हासिल गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ तथा राफिन्हाले १ गोल गरे । इस्पानुयलका जाभी पुएडोले सान्त्वना गोल फर्काए ।

खेलको १२औं मिनेटमै ओल्मोले बार्सिलोनालाई अग्रता दिलाए । २३औं मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

६३औं मिनेटमा पुएडोले इस्पानुयलका लागि गोल गरे । जितसँगै बार्सिलोना १२ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ । पराजित इस्प्यानयोल समान खेलबाट १० अंकका साथ १७औं स्थानमा छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.