default_image

1 year ago

November 4, 2024

युनाइटेड र चेल्सीको बराबरी

497 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा बराबरी रोकिएको छ । दशौं खेलमा तेस्रो बराबरीमा रोकिने क्रममा युनाइटेड चेल्सीसँग बराबरीमा रोकिएको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको पाहुना टोली चेल्सीसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । ७०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि नै चेल्सी मोइसेस काइसेडोको गोलमार्फत खेल बराबरीमा पुर्यायो ।

चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.