उदयपुर (हाम्रो खेलकुद) – रममप चौथो उदयुपर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा मंगलबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले मोसफलको रुपन्देही ११ को सामना गर्दैछ । आयोजक उदयपुरलाई हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको थियो । रुपन्देहीले प्रतियोगिताकै दाबेदार मध्येको झापा ११ लाई सडन डेथमा हराएर सेमिफाइनल यात्रा तय गरेको थियो ।
थाहरुह उदयपुर रंगशालामा दिउँसो हुने खेलको विजेताले फाइनलमा मोरङ ११ को सामना गर्नेछ । मोरङले शनिबार मात्र रुस्लान सिमरा गोल्डकप जितेको सिएमजी क्लब संकटालाई निराश पार्दै अघि बढेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादका कारण झन्डै दुई बर्षपछि फुटबलमा फर्केको हिमालयन शेर्पा मोसफलका नकआउट प्रतियोगितामा भाग लिइरहेको छ , यद्दपी टोलीले उपाधि जित्न सकेको छैन ।