default_image

7 years ago

February 14, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कप यसै महिना सुरु हुने

नेपालगञ्ज (हाम्रो खेलकुद )- टुबोर्ग दोश्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता यसै महिनाको अन्त्यमा सुरू हुने भएको छ । २६ देखि चैत्र ४ गते सम्म नेपालगंज रंगशालामा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । नेपालगञ्ज गोल्ड कपमा सी.एम.जी. क्लब संकटा ,मनाङ्ग मर्स्याङ्ग्दि क्लब, नेपाल प्रहरी, नेपाल […]

29 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद )- टुबोर्ग दोश्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता यसै महिनाको अन्त्यमा सुरू हुने भएको छ । २६ देखि चैत्र ४ गते सम्म नेपालगंज रंगशालामा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ ।

nepalgunj-gold-cup

नेपालगञ्ज गोल्ड कपमा सी.एम.जी. क्लब संकटा ,मनाङ्ग मर्स्याङ्ग्दि क्लब, नेपाल प्रहरी, नेपाल आर्मी ,ए.पी.एफ.क्लब सशस्त्र प्रहरी ,दिल्ली युनाईटेड ,नेपालगंज ११ र ८ सुदुर पश्चिम ११ सहभागिता रहने बताइएको छ ।

७५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको नेपालगञ्ज गोल्ड कपको विजताले उपाधिसहित ५ लाख रूपैयाँ र दोश्रो हुने टोलीले २ लाख ५१ हजार रूपैयाँ प्राप्त गर्ने छ ।

नेपालगञ्ज गोल्ड कपको मुख्य प्रायोजकका रूपमा गोर्खा ब्रुअरीको टुबोर्ग रहेको छ भने रेडबुल ,रुस्लान र प्रिती चाउचाउले सह प्रायोजन रहेका छन् । सहयोगीका रुपमा सिभिल बैंक, ज्योति बिकास बैंक, होटेल सेन्ट्रल प्लाजा कोहलपुर र एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.रहेका छन् । एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.ले खेल दौरान खेलाडी अफिसियल र रेफ्रीको दुर्घटना बिमा गरेको छ । अखिल नेपाल फुटबल संघ ,युवा तथा खेलकुद मन्त्रालय ,मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति र बाँके जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा सहकार्य गरेको बाँके जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.