default_image

7 years ago

February 14, 2017

शेख कमल कप खेल्न बंगलादेश जाने मनाङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा सहभागिता जनाउनका लागि बंगलादेश जाने ‘ए’ डिभिजन क्लब लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदि क्लबलाई मंगलबार बिदाई गरिएको छ । घरेलु फुटबलमा निकै नै सशक्त मानिएको मनाङ बुधबार बंगालदेश तर्फ प्रस्थान गर्दैछ। चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा सहभागिता जनाउनका लागि बंगलादेश जाने ‘ए’ डिभिजन क्लब लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदि क्लबलाई मंगलबार बिदाई गरिएको छ ।

mmc-fecilation-1

घरेलु फुटबलमा निकै नै सशक्त मानिएको मनाङ बुधबार बंगालदेश तर्फ प्रस्थान गर्दैछ। चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय मनाङको टोलीमा २३ खेलाडी र ६ अफिसियल रहेका छन्।

बंगलादेश जाने मनाङको टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का मानार्थ अध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष टासी घले, एन्फाका कार्यवहाक महासचिव सञ्जिव मिश्र र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य लगायतले विदाई गरे।

विदाई पछि बोल्दै एन्फाका मानार्थ अध्यक्ष टासी घलेले क्लबलाई जितको शुभकामना व्यक्त गर्दै निकै नै ढिला गतिमा भैरहेको रंगशालाको फास्टट्रयाकबाट निर्माण सम्पन्न गर्नको लागि दवाव दिने पनि बताए ।

यस्तै कार्यवहाक महासचिव सञ्जिव मिश्रले मनाबले बंगलादेशमा सफलता हात पार्नेमा विश्वस्त रहेको बताए। उनले भने,’घरेलु फुटबलमा मनाङले यसपल्ट तीन महत्वपूर्ण प्रतियोगिता जितेको छ। यो मनाङका लागि फाइदाको विषय हुन सक्छ।’

यस्तै क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्सङ गुरुङले प्रतियोगिताको लागि मनाङको सम्पूर्ण तयारी पुरा भएको बताए। उनले प्रतिद्धन्द्धीलाई कमजोर नआक्ने पनि बताए। यता कप्तान अनिल गुरुबले मनाङले क्लबको मात्रै नभई देशकै प्रतिनिधित्व गर्न लागेको बताउदै क्लबले यसपटक राम्रो प्रदर्शन गर्ने बताए ।

फेब्रुअरी १८ बाट शुरु हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । सोमबार एक कार्यक्रम बीच भएको समुह विभाजनमा दुइ समूहको टुंगो लागेको थियो मनाङसंगै समूह ‘बि’मा अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंग रहेका छन्।

समूह ‘ए’मा माल्दिभ्सको टि.सी स्पोर्ट्स क्लब, दक्षिण कोरियाको पोचेन सिटिजन फुटबल क्लब, किर्गिस्तानको एफसी अल्गा बिश्केक र आयोजक चिटागंग लिमिटेड रहेको छ। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ टि.सी स्पोर्ट्स क्लबको जर्सीमा उत्रनेछन।

टोलीका मुख्य प्रशिक्षक छिरिंग लोप्साङ गुरुङ रहेका छन् भने सहायक प्रशिक्षक हेमन्त आले छन्। पेम्वा गुरुङ व्यवस्थापक रहेको टोलीको कप्तानी अनिल गुरुङले सम्हाल्नेछन्। संजित श्रेष्ठ फिजियो रहेका टोलीका मिडिया अफिसर दिल बहादुर तामाङ रहेका छन्। क्लबका महासचिव मुखिया लामा, अध्यक्ष मुखिया कान्छा गुरुङ र सोनाम गुरुङ अफिसियलका रुपमा रहेका छन्।

२३ खेलाडीको नामावली यसप्रकार छ:

अडामा बो सिस्सोको
अफिज ओलावाले ओलड़िपो
अनिल गुरुङ
बिक्रम लामा
बिमल बस्नेत
बिमल राणा
बिराज महर्जन
बिशाल राई
देबेन्द्र तामाङ
दीप कार्की
दिनेश थापा मगर
डोना थापा
हेमन्त थापा मगर
कमल श्रेष्ठ
निराजन मल्ल
ओगबेमिरो ओलासेमी स्याम्सन
रोहित चन्द
सोनाम गुरुङ
सुजल श्रेष्ठ
सुशील लामा
तेन्जिङ गुरुङ
अमिर केसी
विजय घले

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.