4 weeks ago
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ ।
एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो । नेपाली टिम भोली भारत हुँदै ताजिकिस्तान प्रस्थान गर्दैछ । प्रस्थानका लागि टोलीको कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ ।
टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले अघिल्लो साता नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको हो ।
२३ खेलाडी, प्रशिक्षण टोली र व्यवस्थापन टोलीसँगै केही जिल्ला तथा क्लबका पदाधिकारी र ३ पत्रकार पनि भ्रमण टोलीमा रहेका छन् । एन्फाले उक्त पूर्ण सूची भने हालसम्म सार्वजनिक गरिसकेको छैन । यसअघि पत्रकार सम्मेलन गर्दै टोली बिदाइ गरिने भएपनि एन्फाले यसपटक भने बिना कुनै सूचना आफ्नै सामाजिक संजालबाट टोली प्रस्थान गर्न लागेको जानकारी दिएको हो ।
नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन
मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी
December 5, 2024
दिपक बोहोरा,पाँचथर छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् । सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ। फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा […]
December 4, 2024
हिमाल खरेल, बिर्तामोड दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि […]
December 4, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ। शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ। बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं […]