काठमाडौँ (हाम्रो खेलकुद)- यहि फेब्रुअरी १८ बाट सुरुहुने सेख कमल कपमा प्रतिस्पर्धा गर्न मनाङ मर्स्याङदि क्लब बंगलादेशतर्फ प्रस्थान गरेको छ। समूह ‘बि’मा रहेको मनाङले अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंगसंग खेल्ने छ।
चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय मनाङको टोलीमा २३ खेलाडी र ६ अफिसियल रहेका छन्। मनाङको नेतृत्व राष्ट्रिय टिमका कप्तान समेत रहेका अनिल गुरुङले गर्दै छन् भने मुख्य प्रशिक्षक छिरिंग लोप्साङ गुरुङ रहेका छन्।
दुई समुह रहेको प्रतियोगीताको समूह ‘ए’मा माल्दिभ्सको टि.सी स्पोर्ट्स क्लब, दक्षिण कोरियाको पोचेन सिटिजन फुटबल क्लब, किर्गिस्तानको एफसी अल्गा बिश्केक र आयोजक चिटागंग लिमिटेड रहेको छ। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ टि.सी स्पोर्ट्स क्लबको जर्सीमा उत्रनेछन।