default_image

9 years ago

February 18, 2017

अष्ट्रेलियामा सनसाइनका लागि जगजितको पहिलो गोल [भिडियोसहित]

130 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलियाको भिक्टोरिया स्टेट अन्तर्गत नेसनल प्रिमिएर लिगको दोश्रो श्रेणीको लिगको सनसाइन जर्ज क्रस फुटबल क्लबबाट खेल्दै आएका नेपाली खेलाडी जगजित श्रेष्ठले आफ्नो नयाँ क्लबका लागि पहिलो गोल गरेका छन्

jagajeet jagjit australia sunshine george cross fc

पछिल्लो दुइ खेल बराबरी खेलेको सनसाइनले जगजितलाई बेन्चबाट खेलाएको थियो क्लबको लागि पहिलो स्टार्ट पाएका जगजितले क्लबको दोश्रो गोल गर्दै २-१को जित दिलाए यो सनसाइनको लागि जारि सिजनको पहिलो जित हो वेरीबि सिटि र सनसाइन जर्ज क्रसले यस खेलअघी दुइ बराबरीसंगै २ अंक जोडेका थिए यस जितले जगजितको टोलीको तिन खेलमा पाँच अंक पुगेको छ

पछिल्लो सिजन सनसाइन जर्ज क्रसले २८ खेलमा ७ जित, ६ बराबरी र १५ हारसंगै २३ अंक जोड्दै नवौं स्थानमा लिग सकाएको थियो भने यस सिजन राम्रो सुरुवात गरेको छ लिगमा शिर्ष स्थानमा रहने टोलि स्टेट लिगको पहिलो डिभिजनमा पुग्नेछ भने दोश्रो रहने टोलीले अर्को कन्फरेन्सको दोश्रो टोलिसंग प्लेअफ खेल्नेछजगजितको टोलि ‘वेष्ट कन्फरेन्स’मा रहेको छ

जगजितको गोलको भिडियो तल रहेको छ:

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.