default_image

7 years ago

February 18, 2017

आदर्श, विनायक र एभरेष्ट दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि, विनायक शिक्षा निकेतन र एभेरेष्ट पब्लिक एकेडेमी दोस्रो मध्यपुर थिमि नगरपाकिलका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् । थिमी मैदानमा शनिबार भएको खेलमा आदर्श माविले एडभान्स एकेडेमीलाई टाइब्रेकरमा ३–१ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । आदर्शका […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि, विनायक शिक्षा निकेतन र एभेरेष्ट पब्लिक एकेडेमी दोस्रो मध्यपुर थिमि नगरपाकिलका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् ।

adarsha

थिमी मैदानमा शनिबार भएको खेलमा आदर्श माविले एडभान्स एकेडेमीलाई टाइब्रेकरमा ३–१ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । आदर्शका उज्वल थापामगर खेलको म्यान अफ दी म्याच घोषित भए ।

विनायकले आदर्श जनप्रेमीलाई १–० ले पराजित गरेको थियो । विनायकका सुजन योञ्जन खेलको म्यान अफ दी म्याच चुनिए । अर्को खेलमा एभरेष्टले चाणक्य स्कुललाई २–० ले पराजित गर्यो । सो खेलमा विजयी टोलीका सन्देश कार्की म्यान अफ दी म्याच घोषित भएका थिए । मध्यपुर युथ एसोसिएसनले आयोजना गरेको प्रतियोगितालाई मध्यपुर थिमी नगरपालिकाले प्रायोजन गरेको छ । प्रतियोगितामा २० स्कुलको सहभागिता रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.