11 months ago
December 20, 2024
हिमाल खरेल,बिर्तामोड
सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो ।
खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो ।

चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्काे दबाबमा परेको थियो ।
सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।
खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ ।

खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए र उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
शनिवारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौँबीच हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]