काठमाडौं (हाम्रो खेलकुद)– सुप्रिम एकेडेमी, हिमचुली एकेडेमी, नवरत्न स्कुल दोस्रो मध्यपुर थिमि नगरपाकिलका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
थिमी मैदानमा आइतबा भएको खेलमा सुप्रिम सिद्धार्थ विद्यापिठलाई ५–३ ले हराएको थियो । प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका सुप्रेमीका रिकेश थापा खेलको म्यान अफ दी म्याच घोषित भए । सुप्रिमका लागि कृष्ण थापा र सविन थापाले समान १ गोल गरे । सिद्धार्थका सफल खड्का, प्रविन बोहोरा र अर्पण सुनुवारले गोल गरे ।
अर्को खेलमा निमा तामाङ, नविन बोहोरा र सोनित दाहालको गोलमा हिचुलीले मेरिगोल्डप स्कुललाई ३–० ले हरायो । हिमचुलीका अनिष अधिकारी खेलको म्यान अफ दी म्याच घोषित भए । त्यस्तै निर्धारित ७० मिनेटको खेल १–१ बराबरी भएपछि टाइब्रेकरमा नवरत्नले ओम ज्ञानमन्दिरलाई ३–२ ले हराएको थियो ।
निर्धारित समयको तेस्रो मिनेटमा विश्व विष्टले ओम ज्ञानमन्दिरका लागि पहिलो गोल गरेपनि नवरत्नका लागि नितल टाकाले बराबरी गोल फर्काएका थिए । नवरत्नका नितल खेलको म्यान अफ दी म्याच चुनिए ।