default_image

11 months ago

January 2, 2025

एन्फा महिला लिगको अन्तिम चरण आजबाट

1296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको खेलहरु विहीबार (आज) सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको पहिलो खेलमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मीसँग आफ्ना दुई महत्त्वपूर्ण खेलाडी दिपा शाही र अमिषा कार्कीको साथ हुने छैन । साफ च्याम्पियनसिपमा लागेको चोटका कारण दिपा मैदान बाहिर छिन् । अमिषा आर्मीको आन्तरिक प्रशिक्षणमा छिन् । बागमतीका लागि पनि पहिलो चरणमा खेलेका विदेशी खेलाडीहरुको उपस्थिति पक्का भएको छैन ।

पहिलो चरणको लिगमा आर्मी दोस्रो स्थानमा रहेको थियो । कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो । पहिलो चरणको लिगमा आर्मीले बागमतीलाई ३-० ले पराजित गरेको थियो ।

अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्दैछन् । गत भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता जनाउँदै छन् ।

अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.