default_image

10 months ago

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

474 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ ।

झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।

आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४ सय रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो ।

यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिनामै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनले झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।

कार्यक्रममा प्रतियोगिता संयोजक केशवराज दाहाल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले प्रतियोगिता सफल बनाउने सबैलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेका थिए ।

ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै १० लाख रुपैयाँ प्राप्त गररको थियो। दोस्रो स्थानको एनआरटीले ५ लाख रुपैयाँ प्राप्त गर्यो।

November 18, 2025

नेपाल मलेसियासँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]

November 18, 2025

नेपाल र मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]

November 18, 2025

जर्मनी विश्व कपका लागि छनोट

एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले‌ २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]

Success

Thank you for your time.