default_image

4 weeks ago

January 13, 2025

बार्सिलोनालाई स्पेनिस सुपर कप, रियल पराजित

1061 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो ।

बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको समान १ गोल गरे । रियलका लागि किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे ।

खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो। एमबाम्पेले पाँचौं मिनेटमा नै गोल गरेका थिए । यमलले २२औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । राफिन्हाले ३९औं र ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । पहिलो हाफको इन्ज्युरी समयमा बाल्डेले गोल गरेका थिए ।

बार्सिलोनाका गोलकिपरले ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । उनले मैदान छोडे लगत्तै रियलका रोड्रिगोले गोल फर्काए पनि रियलले खेलमा पुनरागमन गर्न सकेन ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.