default_image

1 month ago

January 13, 2025

बागमतीले आर्मीको सामना गर्दै

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई‌ तेस्रो पटक दाउमा रहनेछ।

आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए।

विभागीय टोली आर्मी, एपिएफ फुटबल क्लब र नेपाल पुलिस बाहेकका दुई टिम बागमती र वालिङ नगरपालिका तुलनात्मक रुपमा कमजोर देखिएका छन्।

बागमतीले भने अन्तिम चरणमा मात्र एक खेल जित्ने क्रममा वालिङलाई‌ पराजित गरेको थियो । आर्मी विरुद्ध जित निकाल्न बागमतीलाई सहज हुनेछैन।

आर्मीको अन्तिम चरणमा एक खेल हारेको छ। एपिएफसँग पराजित आर्मीले वालिङ र वागमतीलाई हराउँदा पुलिससँग बराबरीमा रोकिएको थियो। उसले ४ खेलबाट ७ अंक बनाएको छ।

बागमतीसँग ३ अंक छ। बागमतीले वालिङलाई हराउँदा ३ विभागीय टोलीसँग हारेको थियो। एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.