10 months ago
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो।
घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो ।
रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, भिनिसियस जुनियर र फेडरिको भाल्भार्डेले गोल गरे। सेल्टा भिगोका जोनाथन बाम्बा र मार्कस अलोन्सोले गोल गरे।
एमबाप्पेले ३७ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा १-० को अग्रता बनायो । ४८ औं मिनेटमा जुनियरले गोल गर्दैै अग्रता दोब्बर पारे ।
अन्त्यतिर सेल्टा भिगो खेलमा फर्कियो। ८३ औं मिनेटमा बाम्बाले गोल गरे। इन्ज्युरी समयको पहिलो मिनेटमा अलोन्सोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरी बनाए ।
थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दैै सहज जित निकाल्यो ।
एन्ड्रिकले १ सय आठौं मिनेट गोल गरे भने त्यसको ४ मिनेटपछि भाल्भार्डेले गोल थपे । खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्रिकले अर्को गोल गरेपछि रियलको जित सहज बन्यो।
ओसासुना र रियल सोसिडाड पनि क्वाटरफाइनलमा पुगेका छन् । ओसासुना एथलेटिक क्लब ३-२ ले र सोसिडाड रायो भायसानोलाई ३-१ हराएको हो ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]