10 months ago
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन
राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ।
चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने क्लबका अध्यक्ष सुशिल कार्कीले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजन क्लब नेपाल पुलिस क्लब सहित सरस्वती युथ क्लब काठमाडौं, बागमती युथ क्लब सर्लाही, आबुखैरेनी नगरपालिका, गैंडाकोट फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, भरतपुर २४ खेलकुद विकास समिति र प्याराडाईज युथ क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीले १० तथा हरेक खेलको प्लेयर अफ दि म्याचले ५ हजार रुपैँया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो चरणको लागि ५० रुपैयाँ, सेमिफाइनलमा १ सय तथा फाइनलमा २ सय रुपैयाँ टिकट दर तोकिएको क्लबका अध्यक्ष कार्कीले बताए ।
क्लबले यस अघि गत वर्ष भरतपुर च्याम्पियनसिप कप आयोजना गरेको थियो । उक्त प्रतियोगिता परिमार्जन गरेर थप वृहत गर्ने योजनासहित यस पटक गोल्डकप आयोजना गरिएको कार्कीको जानकारी दिए।
पत्रकार सम्मेलनमा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले प्रतियोगिताको सफलताको कामना गरे ।
November 17, 2025
एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]
November 16, 2025
एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]
November 16, 2025
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]