default_image

10 months ago

January 19, 2025

लिभरपुलको‌ जित, आर्सनल रोकियो

567 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ।

इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो।

अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को‌ बराबरी खेलेको छ।

ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गरे।

आर्सनलले गाब्रियल मार्टिन्लीको गोलबाट ३५ औं मिनेटमा अग्रता बनायो । काइ हावर्ड्जले ५५ औं मिनेटमा गोल गरेपछि आर्सनल २-० ले अघि बढ्यो ।

तर टोलीले अग्रता जोगाउन सकेन ।‌ भिल्लाका लागि योरी टिलेमान्सले ६० औं मिनेटमा गोल गरे । वली वाटकिन्सले ६८ औं मिनेटमा गोल गरेपछि एस्टन भिल्लाले आर्सनललाई बराबरीमा रोक्यो ।

लिभरपुलको २१ खेलबाट ५० अंक पुगेको छ।‌ ११ औं‌ स्थानको ब्रेन्टफोर्डको २८ अंक छ। दोस्रो स्थानको आर्सनलको‌ २२ खेलमा ४४ अंक र सातौं स्थानको एस्टन भिल्लाको‌ ३६ अंक छ।

अन्य खेलमा फुलह्यामले लेस्टर सिटीलाई र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई समान २-० ले हरायो।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.