11 months ago
January 20, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे ।
सिटीका फोडेनले २७औं र ४२औं मिनेटमा गोल गरे । कोभासिकले ३०औं, डोकुले ४९औं, हाल्यान्डले ५७औं र म्याकअटीले ६९औं मिनेटमा गोल गरे ।
२२ खेलबाट ३८ अंक जोडेको सिटी चौथो स्थानमा उक्लियो । प्रिमियर लिगमा २१ खेलबाट ५० अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ । ४४ अंकको आर्सनल दोस्रो स्थानमा रह्यो । इप्स्विच १६ अंकसहित रेलिगेसन जोनमा छ ।
घरेलु मैदानमा युनाइटेड ब्राइटसँग ३-१ ले पराजित भयो । युनाइटेड लिगका पछिल्ला ५ खेलमध्ये ४ खेलमा पराजित भएको छ ।

हारसँगै युनाइटेड २२ खेलमा २६ अंकका साथ १३ औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलमा नटिङघम फोरेस्टले साउथह्याम्पटनलाई र एभर्टनले टोटनहमलाई समान ३-२ ले पराजित गर्यो । नटिङघम ४४ अंकसहित तेस्रो स्थानमा छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]