11 months ago
January 26, 2025
सुशील पन्त क्षेत्री,चितवन
बागमती युवा क्लबले मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतवार सूर्यपुर फुटबल क्लबलाई १-० ले हराएको छ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो ।
दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग गर्न सकेन । बागमतीको जितमा निर्णायक गोल गरेका सनम प्लेयर अफ दि म्याच भए । यो जितपछि बागमती सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगितामा सोमवार गैंडाकोट फुटबल क्लब र प्याराडाईज युवा क्लबबिचको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो हुने टोलीले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]