default_image

10 months ago

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

1268 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो। त्यहि गोल खेलको निर्णायक बन्यो। जितसँगै पुलिस अन्तिम क्वाटरफाइनलमा मा पुगेको छ। सहारा प्रतियोगिताबाट नै बाहिरिएको छ।

पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो। पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए। १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि बिफल भयो।
१७ औं मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए।

खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै रोके । पुलिस क्वार्टरफाइनलमा २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ।

प्रतियोगितामा बुधवार पूर्व विजेता एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ।

पोखरा महानगरपालिकालकस मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरे । विदेशी ३ सहित १२ टोलीको सहभागिता रहेको छ।

विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको हाम्रो खेलकुदको‌ युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.