10 months ago
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् ।
दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।
नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा समस्या रहँदै आएको छ। यसले गोल किपरलाई कतिको दबाब पर्छ भन्ने प्रश्नमा एञ्जिलाले डिफेन्स र गोलकिपर जस नपाउने पोजिसन भएको जवाफ दिइन्। तर यो पटक प्रशिक्षक राजेन्द्र तामाङले यसमा मिहिनेत गरेको र सोही अनुसार खेल्दै डिफेन्सलाई मजबुत बनाउने बताइन्।

प्रशिक्षक तामाङले टोलीको समस्या डिफेन्समा नै रहेको बताए । त्यसको लागि सकिने प्रयास गरेको र यो पटक केहि फरक महसुस गर्न सकिने उल्लेख गर्दै टोलीको फरर्वाड मजबुत रहेको पनि बताए।
नेपालले भोलि कीर्गिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले सन् २०१९ को नाजदा कपमा कीर्गिजस्तानसँग खेलेको थियो। त्यतिखेर नेपालले ८-२ को सानदार जित दर्ज गरेको थियो।
तर अहिले कीर्गिस्तानमा निकै परिवर्तन भैसकेको र उनीहरुको काउन्टर अटयाकबाट बच्नुपर्ने प्रशिक्षक तामाङको ठम्याई छ।
कीर्गिस्तानले भने नेपालसँग खेल्नुलाई जिम्मेवारीको रुपमा लिएको छ। युवा खेलाडीहरुले भरिएको कीर्गिस्तानले पछिल्लो समय प्रतियोगिता भन्दा पनि केहि मैत्रिपूर्ण खेल मात्र खेलेको कप्तान अबिबुल्ला किजी दिलनुराले बताइन्।

उनले उपाधि कै लागि नेपाल आएको भएपनि जित्न नसकेको खण्डमा युवा खेलाडीको लागि राम्रो अनुभव हुने बताइन् ।
कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले भने उपाधिको लागि प्रतिस्पर्धा गर्ने बताए।
लेबनानले पनि उपाधि जित्नको लागि खेल्ने प्रि म्याच कन्फ्रेन्समा बताएको छ। कप्तान नथाली मटारले टोलीका सबै खेलाडीले सँगै प्रशिक्षणको अवसर नपाएको बताइन्।
विदेशी लिग खेलिरहेकोले पूर्ण प्रशिक्षण हुन नसकेको उनले बताइन्। टोलीका दुई खेलाडी भोलि नेपाल आइपुग्नेछन्।
नेपाल र लेबनानले वाफमा खेलेको थियो। जहाँ नेपालले लेबनानलाई २-१ ले हराएको थियो। त्यतिबेलाको लेबनान र अहिलेको लेबनानमा कति सुधार भएको छ भनेर हेर्न चाहेको प्रशिक्षक वेल घरजेद्दीनले बताए।
सबै खेलाडीले सँगै प्रशिक्षण गर्न नपाउनु टोलीको लागि चुनौतीको रूपमा रहेको उनले बताए। साथै उनले नेपाललाई मजबुत टोलीको संज्ञा दिए।

म्यानमार च्याम्पियनसिपमा सर्वाधिक उच्च वरियतामा भएको राष्ट्र हो। म्यानमार फिफा वरियतामा ५५औं स्थानमा छ। तर वरियताले असर नगर्ने प्रशिक्षक तेतसुरो युकी बताउँछन्। उनले नेपालसँग खेल्न पाउँदा खुसी लागेको पनि बताए। उनले नेपाली टोली फिजिकल्ली पनि बलियो रहेको र सहज नलिने बताए।
यसअघि नेपाल र म्यानमार ३ पटक आमने सामने भएका छन्। जहाँ म्यानमारले २ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो।
च्याम्पियनसिप दशरथ रंगशालामा सोमवार सुरु हुँदैछ। चारै टोलीले आइतवारको प्रशिक्षण दशरथ रंगशालामा नै गरे। म्यानमार र लेबनानबिचको खेल दिउँसो २ बजे तथा नेपाल र कीर्गिस्तानबीच खेल साँझ ६ बजे सुरु हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]