default_image

8 months ago

March 31, 2025

सिटी एफए कपको सेमिफाइनलमा

598 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ।

एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका‌ साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ।

एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्‍यो।

इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका हालान्डले ४९औं मिनेटमा बराबरी गोल गरे । तर १२ मिनेटपछि बायाँ खुट्टाको घुँडाको चोटका कारण उने मैदान छोडे।

हालान्डको ठाउँ लिएका ओमार मारमौशले मैदान प्रवेश गरेको दुई मिनेटमै निर्णायक गोल गर्दै सिटीलाई लगातार सातौं पटक एफए कपको सेमिफाइनलमा पुर्‍याए।

सिटी यो सिजन च्याम्पियन्स लिगबाट बाहिरि सकेको छ। प्रिमियर लिगको पाँचौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछि छ।

एफए कप जित्दै क्लबले उपाधिसहित सिजनको अन्त्य गर्न सक्छ ।‌ यो प्रशिक्षक पेप गोर्डिओलाको कार्यकालमा तेस्रो तथा क्लबको समग्रमा आठौं एफए कप उपाधि हुन सक्छ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.