default_image

7 years ago

March 7, 2017

टुबोर्ग नेपालगञ्ज गोल्डकपमा पहिलो खेल सुदूरपश्चिम र दिल्लीबीच

नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्ने भएको छ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ । फागुन २७ […]

27 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्ने भएको छ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ ।

mmc

फागुन २७ गते हुने समूह खको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक नेपालगञ्ज ११ बीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । भर्खर बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सेमिफाइन पुगेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले चैत २९ गते अग्नी रुपन्देही ११ को सामना गर्नेछ ।

मनाङ र रुपन्देही ११ को विजेताले पुलिस र नेपालगञ्जबीचको विजेतासँग चैत १ मा दोस्रो सेमिफाइनल हुनेछ । त्यसको अघिल्लो दिन चैत ३० गते समूह कको सेमिफाइनल हुनेछ । सुदूरपश्चिमाञ्चल र दिल्लीमध्ये एक तथा संकटा र एपिएफमध्ये एकले सेमिफाइनल खेल्नेछन् ।

चैत ३ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।

प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको क्वार्टरफाइनल खेलेको टिकटदर १ सय तथा सेमिफाइनल र फाइनलको टिकटदर २ सय तोकिएको संघले जनाएको छ ।

nepal-gung

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.