4 weeks ago
October 19, 2025
एजेन्सी – लेन्ड्रो ट्रोसरले दोस्रो हाफमा गरेको निर्णायक गोलमा आर्सनलले फुलहमलाई १–० ले हराएको छ। यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
कप्तान मार्टिन ओडेगार्ड बिना नै प्रशिक्षक मिकेल आर्टेटाले टोली उतारेका थिए। उनको स्थानमा एबेरेची इजेलाई खेलाउने निर्णय गरेका आर्टेटाको टोली सुरुमा दबाबमा पर्यो। घरेलु टोली फुलहमका ह्यारी विल्सन र जोश किङका प्रयासले आर्सनलका गोलकिपर डेभिड रायालाई व्यस्त राख्यो ।
तर बिस्तारै आर्सनल खेलमा फर्कियो। रिक्कार्डो कालाफियोरीले गरेको गोल अफसाइडका कारण रद्द भयो। दोस्रो हाफमा आर्सनलले खेलमा गति बढायो र फुलहममाथि दबाब बढायो।
५८औं मिनेटमा बुकायो साकाको कर्नर बलमा ग्याब्रियलले मिलाइएपछि ट्रोसरले नजिकैबाट गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
यो जितपछि आर्सनलको ८ खेलबाट १९ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटी ३ अंकले पछाडि छ।
सिटीले शनिवार नै एभर्टनलाई २-० ले हराएको थियो। ४अंकले पछाडि लिभरपुल तेस्रो स्थानमा छ ।लिभरपुलले आइतवार म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]