default_image

4 weeks ago

October 20, 2025

इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

2965 views

0 Bookmark

एजेन्सी – फिल साल्ट र ह्यारी ब्रुकको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्डलाई दोस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई ६५ रनले हराएको छ। पाहुनाले सिरिजमा १–० को अग्रता लिएको छ।

साल्ट र ब्रुकले ६९ बलमा १ सय २९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ४ विकेटको क्षतिमा २ सय ३६ रनको ठूलो योगफल तयार पार्यो ।

क्राइस्टचर्चको हेग्ली ओभलमा टि ट्वान्टी आईमा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । त्यस्तै यो इंग्ल्यान्डको टि ट्वान्टी इतिहासमा पाँचौं उच्च स्कोर हो।

ओपनर साल्टले उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै ५६ बलमा ८५ रन बनाए । कप्तान ब्रुक अझ विस्फोटक देखिए जसले ३५ बलमा ७८ रन बनाउँदा ५ छक्का प्रहार गरे।

न्युजिल्यान्डले आफ्नो टि ट्वान्टी इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो । ९ ओभरमा २ विकेट गुमाएर ८७ रन जोडेर सुरुवात राम्रो गर्यो । तर त्यो लयलाई कायम राख्न सकेन ।

घरेलु टोली १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो। इंग्ल्याण्डका आदिल रशीदले ४ विकेट लिए । तेस्रो टि ट्वान्टी बिहीवार हुनेछ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.