3 weeks ago
October 24, 2025
बिर्तामोड (हाम्रो खेलकुद)- झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ ।
झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३ सय वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।
त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए ।
नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिलाको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]