3 weeks ago
October 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल र इरानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
रेखा पौडेल र कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले समान १ मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन। रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बा को प्रहारले पोष्टको दिशा लिन सकेन ।
१३ औं मिनेटमा इरानको खेलाडीको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापो सुब्बाले रोकिन्। आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्नेछ। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो।
नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गरेका हुन्। त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३-० ले हराएको थियो।
त्यति बेला नेपाली टोलीको कप्तानी रेनुका नगरकोटेले गरेकी थिइन् । त्यतिबेला साम्बाको २ र अनिताको १ गोलमा नेपाल विजयी भएको थियो।
प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलवार भारतसँग खेल्नेछ। यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]