3 weeks ago
October 25, 2025
एजेन्सी – लियोनेल मेस्सीले २ गोल गरेपछि इन्टर मियामीले नासभिललाई ३-१ ले हराएको छ।
एमएलएस प्ले अफको पहिलो चरणमा नासभिलमाथि जित निकाल्दै मियामीले ३ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ। ३ मध्ये २ खेल जित्ने टोली अर्को चरणमा पुग्नेछ।
१९ औं मिनेटमा लुइस सुवारेजले पेनाल्टी भित्र गरेको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
६२औं मिनेटमा मेस्सीले दिएको पासमा फ्रेइले क्रस गरेपछि टाडेओ अल्लेन्डेले हेडमार्फत दोस्रो गोल गरे।
इन्ज्युरी समयको छैंटौं मिनेटमा जोर्डी आल्बाले गरेको क्रस गोलरक्षकले समाउन नसक्दा मेस्सीले बल नियन्त्रणमा लिँदै गोल गरे।
नासभिलले इन्ज्युरी समयको १२ औं मिनेटमा गोल फर्कायो। खेल अघि अर्जेन्टिनी स्टार मेस्सीलाई एमएलएस गोल्डेन बुट प्रदान गरिएको थियो।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]