default_image

3 weeks ago

October 26, 2025

लिभरपुलको अर्को हार, युनाइटेड विजयी

391 views

0 Bookmark

एजेन्सी – लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो।

खेलको पाँचौं मिनेटमै माइकल कायोडेको लामो थ्रोबाट आएको बल डाङ्गो औआताराले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन साडेले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए।

लिभरपुलका मिलोस केर्केजले दोस्रो हाफमा एक गोल फर्काए । तर भर्जिल भान डाइकको गल्तीका कारण ब्रेन्टफोर्डलाई पेनाल्टी पायो । ६० औं मिनेटमा इगोर थियागोले त्यसबाट गोल गर्दै स्कोर ३-१ बनाए।

खेल सकिन १ मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गरे । तर त्यसपछि टोलीले बराबरी गोल गर्न सकेन।
यस हारसँगै लिभरपुल (१५ अंक) लिग तालिकाको छैटौँ स्थानमा पुगेको छ । ब्रेन्टफोर्ड (१३अंक) शीर्ष दसमा उक्लिएको छ।

युनाइटेडको लगातार तेस्रो जित

ब्रायन म्बेउमोले दुई गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ ले हरायो । यो जितसँगै युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

पहिलो हाफमा म्याथेउस कुन्याले र कासिमेरोले गोल गर्दै युनाइटेडलाई सहज अग्रता दिलाए। ६१औं मिनेटमा म्बेउमोले गोल गर्दै स्कोर ३-० बनाए।

तर अन्त्यतिर ब्राइटनले पुनरागमन प्रयास गर्‍यो। पूर्व युनाइटेड खेलाडी डेनी वेलबेकले शानदार फ्रि-किकबाट गोल गरे । इन्जुरी समयमा चारालाम्पोस कोस्तोउलासले हेड मार्फत गोल गर्दै स्कोर ३-२ पुर्‍याए। इन्जुरी समयमा म्बेउमोले फेरि गोल गर्दै युनाइटेडको जित पक्का गरे।

यो जितपछि १६ अंकका साथ युनाइटेड लिग तालिकाको शीर्ष चारमा पुगेको छ । ब्राइटन १२औं स्थानमा छ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.