default_image

3 weeks ago

October 27, 2025

भारतविरुद्धको पहिलो हाफ नेपालको अग्रता

859 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट गोल गरिन्।

डिफेन्डर विमला विकेको लामो पासमा साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान भर्सेज वानमा गोल गरिन्। नेपालकी गोल मसिन साम्बाको यो ६५ औं अन्तर्राष्ट्रिय गोल हो। नेपालले १-० को अग्रता बनायो।

खेलको १४ औं मिनेटमा भारतको प्रयासमा गोलकिपर अन्जना राना मगर बाधक बनिन्। रत्नबालाले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारलाई अन्जनाले पन्च गरेर बचाइन्। ४३ औं मिनेटमा साम्बाले पाएको मेकामा गोलकिपर बाधक बनिन्। पहिलो हाफ १-० को नतिजामस सकियो।

भारतविरुद्ध जारी खेलका लागि आज प्रशिक्षक नविन न्यौपानेले टोलीमा ३ परिवर्तन गरे। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिरा कुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाए।

इरान लगातारको दोस्रो जितमा च्याम्पियन बनिसकेको छ। इरानले नेपाललाई ३-० ले र भारतलाई २-० ले हराएको थियो।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.