default_image

2 weeks ago

October 28, 2025

राष्ट्रिय टोलीप्रति नै एन्फा गैर जिम्मेवार !

750 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन थप उदाङ्गिएको छ।
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सिलोङमा हिजो साँझ ८ बजे खेल सकिएको‌ थियो ।‌ त्यो फिफा विन्डोको खेल थियो।

त्यसपछि नेपाल र भारतबीच बिहीवारको लागि सिक्किममा अर्को अनौपचारिक मैत्रीपूर्ण खेल तय‌ थियो। तर, अहिले फिफा विन्डो विनाको मैत्रीपूर्ण खेल अब बुधवार दिउँसोको लागि नै अगाडि सारिएको छ।

हिजो राति खेल खेलेका राष्ट्रिय खेलाडीले होटल पुगेर राम्ररी आराम पनि गर्न पाएनन् । एन्फाले आज बिहान ३:०० बजेदेखि दिउँसो २ बजेसम्म भोक्कै यात्रा गराएको छ ।

विमानस्थल पुग्न विहान ३ बजे नै सिलोङबाट झन्डै १ सय किलोमिटर बसमा यात्रा गरेर टोली गुवाहाटी विमानस्थल पुगेको थियो ।

बिहान ९ बजे उडान भएपनि अघिल्लो दिन खेल खेलेका खेलाडीलाई एन्फाले केहि नखुवाई यात्रा गराएको टोलीका एक सदस्यले‌ जानकारी दिए । यसैपनि सिलोङमा टोलीलाई होस्टेलमा राख्दै अन्य टोलीभन्दा कमजोर सुविधा दिइएको प्रशिक्षक नविन न्यौपानेले नै दुःखेसो पोखेका थिए ।

आज दिउँसो २ बजे बागडोग्रा आइपुगेर खान पाएको टोलीले फेरि त्यहाँबाट १ सय ४० किलोमिटरको यात्रा तय गरेर सिक्किम पुग्नु पर्नेछ । मंगलबार राति मात्र सिक्किम पुग्ने टोलीले बुधवारनै खेल खेल्ने तय गरिएको बताइएको छ।

एन्फाको कमजोर व्यवस्थापनको पहिलो होइन । राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई भने बुधवारको खेल उपलब्ध हुनेछैनन्।

साम्बा र एन्जिला गुवाहाटीबाटै क्लब ड्युटीका लागि जाने बताइएको छ। साम्बा न्युजिल्याण्डको क्लब र एन्जिला भारतकै सेथुमा‌ खेल्न जाने छिन् ।
प्रीति भने टोलीसँगै बागडोग्रा पुगेर नेपाल आउने र त्यसपछि जोर्डन जाने छिन् ।

फिफाले नै खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै २ खेलको बीच ७२ घण्टा विश्राम दिनुपर्ने जनाएको छ । तर नेपाली टोलीले ४८ घण्टा नबित्दै भोक, निन्द्रा र लामो यात्राको सकस बीच खेल्नुपर्ने भएको छ ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.