2 weeks ago
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीको यात्राको विषयमा भएको खराब व्यवस्थापनको खबरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
टोलीका खेलाडीलाई नै सोध्दा सन्चारमाध्यममा आएको खबर साँचो भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै खेलाडी संघले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन । एक त फिफाले नै दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा हाम्रो आपत्ति छ । यसबाहेक खेलको भोलिपल्ट अपुग निन्द्रामाथि खेलाडीलाई भोक्कै राखेर यात्रा गराउनुले एन्फाको खराब व्यवस्थापन पुन एकपटक उदांगो गरेको छ ।’
‘भारतको सिलोङमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा समेत एन्फाले कुनै कदम नचाल्नुले हामीलाई अचम्मित तुल्याएको थियो । तर यसपटक एन्फा आफ्नै नियन्त्रणमा भएको पक्षमा समेत अव्यवस्थित यात्रा गराउनु गम्भीर विषय हो,’ संघले अगाडि भनेको छ।
बागडोग्राबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर सिक्किममा भोलिपल्ट नै खेल खेल्न लगाउनु मानवीय हिसाबले पनि सहि नभएको उल्लेख गर्दै खेलाडी संघले भनेको छ, या त खेल अर्को दिनको लागि स्थगित गर्न वा अनौपचारिक खेल भएकाले यसबारे पुन: सोच्न आग्रह गर्दछ ।’

राष्ट्रिय टोलीप्रति नै एन्फा किन गैर जिम्मेवार ?
अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन थप उदाङ्गिएको छ। त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सिलोङमा हिजो साँझ ८ बजे खेल सकिएको थियो । त्यो फिफा विन्डोको खेल थियो।
त्यसपछि नेपाल र भारतबीच बिहीवारको लागि सिक्किममा अर्को अनौपचारिक मैत्रीपूर्ण खेल तय थियो। तर, अहिले फिफा विन्डो विनाको मैत्रीपूर्ण खेल अब बुधवार दिउँसोको लागि नै अगाडि सारिएको छ।
हिजो राति खेल खेलेका राष्ट्रिय खेलाडीले होटल पुगेर राम्ररी आराम पनि गर्न पाएनन् । एन्फाले आज बिहान ३:०० बजेदेखि दिउँसो २ बजेसम्म भोक्कै यात्रा गराएको छ । विमानस्थल पुग्न विहान ३ बजे नै सिलोङबाट झन्डै १ सय किलोमिटर बसमा यात्रा गरेर टोली गुवाहाटी विमानस्थल पुगेको थियो ।
बिहान ९ बजे उडान भएपनि अघिल्लो दिन खेल खेलेका खेलाडीलाई एन्फाले केहि नखुवाई यात्रा गराएको टोलीका एक सदस्यले जानकारी दिए । यसैपनि सिलोङमा टोलीलाई होस्टेलमा राख्दै अन्य टोलीभन्दा कमजोर सुविधा दिइएको प्रशिक्षक नविन न्यौपानेले नै दुःखेसो पोखेका थिए ।
आज दिउँसो २ बजे बागडोग्रा आइपुगेर खान पाएको टोलीले फेरि त्यहाँबाट १ सय ४० किलोमिटरको यात्रा तय गरेर सिक्किम पुग्नु पर्नेछ । मंगलबार राति मात्र सिक्किम पुग्ने टोलीले बुधवारनै खेल खेल्ने तय गरिएको बताइएको छ।
एन्फाको कमजोर व्यवस्थापनको पहिलो होइन । राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई भने बुधवारको खेल उपलब्ध हुनेछैनन्।
साम्बा र एन्जिला गुवाहाटीबाटै क्लब ड्युटीका लागि जाने बताइएको छ। साम्बा न्युजिल्याण्डको क्लब र एन्जिला भारतकै सेथुमा खेल्न जाने छिन् ।
प्रीति भने टोलीसँगै बागडोग्रा पुगेर नेपाल आउने र त्यसपछि जोर्डन जाने छिन् ।
फिफाले नै खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै २ खेलको बीच ७२ घण्टा विश्राम दिनुपर्ने जनाएको छ । तर नेपाली टोलीले ४८ घण्टा नबित्दै भोक, निन्द्रा र लामो यात्राको सकस बीच खेल्नुपर्ने भएको छ ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]