2 weeks ago
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय महिला फुटबल टोलीले भारतमा भोक्कै यात्रा गर्नु परेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रश्न गरेका छन् ।
भारतमा रहेको राष्ट्रिय महिला फुटबल टोलीको यात्रा र खानाको व्यवस्थापनमा एन्फाको कमजोरी भएको सन्चारमाध्यममा समाचार आएपछि मन्त्री गुप्ताले एन्फालाई प्रश्न गरेका हुन् ।
मन्त्री गुप्ताले आज एन्फा महासचिव किरण राईलाई फोन गरेर किन राष्ट्रिय टोलीलाई भोक्कै यात्रा गराएको भन्ने प्रश्न गरेको र त्यसमा उनले प्रष्ट जवाफ दिएनन् ।
महासचिव राईले भारतमा टोलीको व्यवस्थापनको जिम्मेवारी त्यहिको फुटबल संघको हुने मन्त्रीलाई जानकारी दिदै सुरुमा व्यवस्थापनमा केही समस्या देखिए पनि अहिले समाधान भएको बताएका थिए ।

महासचिव राईले भारतलाई जितेको र त्यहाँबाट सावित्रा भण्डारी ‘साम्बा’ र प्रीति राई बाहेकको टोली सिक्किम जाने र त्यहाँको स्वतन्त्रता दिवसको दिन भारतसँग खेल्न लागेको बताए । तर, मन्त्री गुप्ताले राष्ट्रिय टोलीको यात्रा र खेलाडीलाई भोक्कै यात्रा गराएको विषयमा जोड दिएर सोधेपछि पनि त्यसमा राईले प्रष्ट जवाफ दिएनन् । मन्त्री गुप्ताले महासचिव राईलाई फोन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
व्यवस्थापकीय जिम्मेवारी सम्बन्धित फुटबल संघको भएपनि खेलाडीको यात्रा तालिका, खाने बस्ने व्यवस्थाको बारेमा पूर्ण जानकारी लिनु पर्दैन भनेर मन्त्री गुप्ताले सोधेपछि राईले जवाफ दिन सकेनन् । उनी खेलमा बढी केन्द्रित हुन खोजेपनि मन्त्री गुप्ताले राष्ट्रिय टोलीको व्यवस्थापनका बारेमा जोड दिएका थिए । उनले राई यो विषयमा भेटेर कुरा गर्नुे पनि भनेका छन् ।
इरानसहितको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सिलोङमा हिजो साँझ ८ बजे खेल सकिएको थियो । त्यो फिफा विन्डोको खेल थियो ।
त्यसपछि नेपाल र भारतबीच बिहीवारको लागि सिक्किममा अर्को अनौपचारिक मैत्रीपूर्ण खेल तय थियो । तर, अहिले फिफा विन्डो विनाको मैत्रीपूर्ण खेल अब बुधवार दिउँसोको लागि नै अगाडि सारिएको छ ।
हिजो राति खेल खेलेका राष्ट्रिय खेलाडीले होटल पुगेर राम्ररी आराम गर्न नपाउँदै यात्रामा निस्कनु परेको थियो । एन्फाले आज बिहान ३:०० बजेदेखि दिउँसो २ बजेसम्म टोलीलाई भोक्कै यात्रा गराएको छ । विमानस्थल पुग्न विहान ३ बजे नै सिलोङबाट झन्डै १ सय किलोमिटर बसमा यात्रा गरेर टोली गुवाहाटी विमानस्थल पुगेको थियो ।

बिहान ९ बजे उडान भएपनि अघिल्लो दिन खेल खेलेका खेलाडीलाई एन्फाले केहि नखुवाई यात्रा गराएको टोलीका एक सदस्यले जानकारी दिए । यसैपनि सिलोङमा टोलीलाई होस्टेलमा राख्दै अन्य टोलीभन्दा कमजोर सुविधा दिइएको प्रशिक्षक नविन न्यौपानेले नै दुःखेसो पोखेका थिए ।
आज दिउँसो २ बजे बागडोग्रा आइपुगेर खान पाएको टोलीले फेरि त्यहाँबाट १ सय ४० किलोमिटरको यात्रा तय गरेर सिक्किम पुग्नु पर्नेछ । मंगलबार राति मात्र सिक्किम पुग्ने टोलीले बुधवारनै खेल खेल्ने तय गरिएको बताइएको छ ।
एन्फाको कमजोर व्यवस्थापनको पहिलो होइन । राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई भने बुधवारको खेल उपलब्ध हुने छैनन् ।
साम्बा र एन्जिला गुवाहाटीबाटै क्लब ड्युटीका लागि जाने बताइएको छ । साम्बा न्युजिल्याण्डको क्लब र एन्जिला भारतकै सेथुमा खेल्न जानेछिन् । प्रीति भने टोलीसँगै बागडोग्रा पुगेर नेपाल आउने र त्यसपछि जोर्डन जानेछिन् ।
फिफाले नै खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै २ खेलको बीच कम्तिमा ७२ घण्टा विश्राम दिनुपर्ने भनेको छ । तर नेपाली टोलीले ४८ घण्टा नबित्दै भोक, निन्द्रा र लामो यात्राको सकस बीच खेल्नुपर्ने भएको छ ।
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]