default_image

2 weeks ago

October 29, 2025

नेपाल साम्बा, एन्जिला र प्रीतिविना खेल्दै

2739 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतविरुद्ध नेपाली महिला राष्ट्रिय टोलीले आज खेल्दा कप्तान सावित्रा भण्डारी, प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा साथमा हुने छैनन्।

व्यवसायीक जिम्मेवारीका‌ कारण साम्बा, प्रीति र एन्जिलाले आज साँझ हुने अनौपचारिक मैत्रीपूर्ण खेल गुमाउनेछन्।

साम्बा सिलोङबाट दिल्ली हुँदै आज न्युजिल्याण्ड जाँदै छिन् । एन्जिला भारतीय क्लब सेथु एफसीका लागि गएको बताइएको छ। प्रीति नेपाल हुँदै जोर्डन जाने भएकाले राष्ट्रिय टोलीसँगै गुवाहाटी हुँदै बागडोग्रा विमानस्थल आएकी थिइन्। त्यहाँबाट उनी भरतपुर हुँदै हिजै काठमाडौं आइपुगेकी छिन्।

साम्बा र प्रीतिले‌ सिलोङमा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा इरान र भारत दुबै विरुद्ध पहिलो रोजाइमा खेलेका थिए। एन्जिलाले इरान विरुद्धको खेल पहिलो रोजाइमा खेलेकी थिइन्।

पहिलो खेलमा इरानसँग ३-० ले पराजित नेपाल टोलीले सोमवार साम्बाको २ गोलमा भारतलाई २-१ ले हराएको थियो।

हिजो साँझ सिक्किम पुगेको नेपाली टोलीले आज साँझ ५:०० बजे भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ।
सिक्किम राज्य स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा (अक्टोबर २९) भोलि नेपाल र भारतीय टोलीबीच पाल्जोर रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

तर, टोलीलाई हतार र भोक भोकै यात्रा गराएकोमा अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को आलोचना भइरहेको छ। सिलोङमा खेलेको ४८ घन्टा पनि नबित्दै नेपाल र भारतीय टोलीले सिक्किममा खेल्नुपर्ने भएको छ। सुरुमा बिहीवार खेल हुने भनिएपनि पछि बुधवार नै खेल हुने भएको छ।

सोमवार ८ बजे खेलेको टोलीले मंगलवार बिहान ३ बजे सिलोङको होटेलबाट झन्डै १ सय किलोमिटरको गुवाहाटी सम्म बसमा यात्रा गर्नुपरेको थियो। त्यहाँबाट नेपाली दिउँसो बागडोग्रा विमानस्थल उत्रिएको थियो। टोलीले भोक्कै लामो यात्रा गरेको थियो। पछि त्यहाँ खाना खाएर टोली झन्डै १ सय ४० किलोमिटरको यात्रा तय गरेर साँझ सिक्किम पुगेको थियो।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाल र भारतीय महिला राष्ट्रिय टोलीसँग रात्रि भोजका क्रममा भेट गरेका छन् । मुख्य मन्त्रीले नेपाल र भारतीय टोलीसँगको फोटोहरु आफ्नो सामाजिक सन्जालमा राखेका छन्।

टोलीको व्यवस्थापनमा थप सहयोगका लागि आफू बागडोग्रा हुँदै सिक्किम आएको एन्फाका प्रवक्ता सुरेश शाहले बताएका‌ छन् ।
‘म व्यक्तिगत कामले सिलगुढी आएको थिए ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीको व्यवस्थापनमा थप सहयोग हुन्छ बागडोग्रा हुँदै जानुस् भने पछि टोलीसँगै सिक्किम आएको हुँ। हतारमा टोलीको व्यवस्थापनका केही समस्या भएको हो । त्यसमा हामी थप सचेत हुनुपर्छ।’

टोलीले भोकै लामो यात्रा गर्नु परेकोले त्यसमा एन्फाको व्यवस्थापन किन कमजोर भएको भन्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा महासचिव किरण राईलाई प्रश्न गरेका थिए। राईले भने खेलका बारेमा जानकारी दिदैं व्यवस्थापनको जिम्मेवारी सम्बन्धित फुटबल संघ भएको बताएका थिए। मन्त्री गुप्ताले भने टोलीको खेल तय गर्नुअघि एन्फाले उचित व्यवस्थापनलगायतमा पक्का हुनुपर्नेमा जोड दिएका थिए।

नेपाल र भारतबीच आजको खेलले फिफाको अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । फिफा विन्डो बाहेकका खेल अनौपचारिक मैत्रीपूर्ण खेल हुनेछ। यसअघि नेपाल‌ र भारतीय टोलीबीच १९ खेल भएका छन् । जसमा नेपाल ४ र भारत ११ खेलमा विजयी भएको थियो। ४ खेल बराबरीमा टुंगिएको थियो।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.