default_image

2 weeks ago

October 29, 2025

इन्ट्रा पथरीशनिश्चरे गोल्डकप हुँदै

285 views

0 Bookmark

दिपक बोहोरा

यसै साता सुरु हुने दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको का लागि खेल तालिका सार्वजनिक गरिएको छ।

आयोजक मोरङको इन्ट्रा पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिता शनिवार सुरु हुनेछ।

प्रतियोगितामा ए डिभिजन क्लब, अन्य क्लब र भारत सिलिगुढीकि कन्चनजंगा फुटबल क्लब पनि सहभागी हुनेछ।

उद्घाटन खेलमा सिरहाको सलहेश युवा क्लब र कन्चनजंगाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा आयोजक टोली र ब्रिगेड ब्वाइज क्लबबीच आमनेसामने हुनेछन्।

तेस्रो खेलमा संकटा क्लब काठमाडौं र पाँचथर क्लब फिदिम भिड्नेछन्। त्यस्तै चौथो खेल एनआरटी फुटबल क्लब र झापा–११ फुटबल क्लब झापा बीच खेलिनेछ।
कात्तिक १९ र २० गते सरमिफाइनल कात्तिक २२ गते फाइनल हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् ।

अध्यक्ष विकका अनुसार प्रतियोगिता स्थानीय प्रतिभा पहिचान र फुटबलको विकासका उद्देश्यसहित आयोजना गरिएको हो। उनले भने, ‘ यो गोल्डकपले पथरीशनिश्चरेलाई प्रदेशस्तरको खेलकुद केन्द्रका रूपमा परिचित बनाउन सहयोग गर्नेछ।’

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

Success

Thank you for your time.