2 weeks ago
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र घरेलु टोली भारतको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ १-१ ले बराबरीमा टुंगिएको छ।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिकुमारी घिसिङले बराबरी गोल गरिन् । कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिले हेड मार्फत गोल गरिन् ।
त्यसअघि ३० औं मिनेटमा नेपाल पछि परेको थियो। सौम्य गोगुलोथले गोलमा भारतले अग्रता लियो । निशा थोकरको मिस पासमा प्राप्त बलमा उनले गोल गरेकी हुन्।
त्यसको केहि समयपछि प्राप्त फ्रि किकमा नेपालले बराबरीको मौका पाएको थियो। अनिताको फ्रिकिकलाई भारतीय गोलकिपरले पन्च गरिन् ।
खेलमा पछि पर्नुअघि नेपालका लागि मिना देउवा र सरु लिम्बूको प्रहार गोल हुन सकेन । त्रिदेवशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमवार भारतविरुद्धको खेलको पहिलो रोजाइमा मुख्य प्रशिक्षक नविन न्यौपानेले आज १० खेलाडी परिवर्तन गरेको छ।
नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता कप्तानी गरेकी छिन्।
भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हालेकी भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् ।
अनिता, उषासहित प्रतिक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई , सरस्वती हमाल र रश्मिकुमारी घिसिङ आज पहिलो रोजाइमा छन् ।
भारतले भने पछिल्लो खेलबाट सुरुवाती ११ का सबै खेलाडी परिवर्तन गर्दै बेन्चमा पनि सिक्किमका स्थानीय सहित नयाँ खेलाडीलाई अवसर दिएको छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]