default_image

2 weeks ago

October 29, 2025

नेपालसँग भारत पराजित

3123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।
टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भएको हो । पेनाल्टी सुटआउटकै लागि आज पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएको थियो। मुख्य प्रशिक्षक नविन न्यौपानेको निर्णयलाई अन्जनाले सहि साबित गरेकी छिन्।

अन्जनाले भारतको पहिलो पेनाल्टी हातले र तेस्रो पेनाल्टी खुट्टाले सजिलै रोकिन् । दोस्रो पेनाल्टी बाहिरिएको थियो। गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतसँगको सेमिफाइनलमा टाइब्रेकर मा २ पेनाल्टी रोकेकी थिइन् ।

नेपालका लागि कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे। सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेपछि नेपाल विजयी भयो ।

त्यसअघि निर्धारण ९० मिनेटको खेल १-१ ले बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा दुबै टोली गोल गर्न असफल भएपछि खेल निर्धारण समय बराबरीमा सकिएको थियो।

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । अनिताको कर्नरमा रश्मिले हेड मार्फत गोल गरिन् ।

त्यसअघि ३० औं मिनेटमा नेपाल खेलमा पछि परेको थियो। सौम्य गोगुलोथले गोलमा भारतले अग्रता लियो । निशा थोकरको मिस पासमा प्राप्त बलमा उनले गोल गरेकी हुन्।

त्यसको केहि समयपछि प्राप्त फ्रि किकमा नेपालले बराबरीको मौका पाएको थियो। अनिताको फ्रिकिकलाई भारतीय गोलकिपरले पन्च गरिन् ।

खेलमा पछि पर्नुअघि नेपालका लागि मिना देउवा र सरु लिम्बूको प्रहार गोल हुन सकेन । त्रिदेवशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमवार भारतविरुद्धको खेलको पहिलो रोजाइमा मुख्य प्रशिक्षक नविन न्यौपानेले आज १० खेलाडी परिवर्तन गरेको छ।

नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता कप्तानी गरेकी हुन् ।

सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, उषासहित प्रतिक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई , सरस्वती हमाल र रश्मि आज पहिलो रोजाइमा थिए ।

भारतले भने पछिल्लो खेलबाट सुरुवाती ११ का सबै खेलाडी परिवर्तन गर्दै बेन्चमा पनि सिक्किमका स्थानीय सहित नयाँ खेलाडीलाई अवसर दिएको थियो ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.