default_image

2 weeks ago

October 30, 2025

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसको राजीनामा

711 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।

रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन ।

एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । फागुन १८ गते एन्फाले पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षक रससँग सम्झौता गरेको घोषणा गरेको थियो । एक वर्षको सम्झौता भएपनि प्रशिक्षक रसले ८ महिनामा नै राजीनामा दिएका छन्  ।

रसको कार्यकालमा नेपाली टोलीले ७ खेल खेलेको थियो । जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् । 

टोली सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरलाई १-० ले हराएको थियो । यो नै उनको लागि उत्कृष्ट नतिजा रह्यो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १-१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो । 

रसले केहि समय अगाडि जुन देशमा घरेलु लिग हुँदैन त्यो देशको फुटबलले नतिजा ल्याउन सक्दैन भनेर समेत भनेका थिए ।

यसअघि महिला टोलीका प्रशिक्षक प्याट्रिकले पनि एक टुरपछि नै राजीनामा दिएका थिए । उनले राजीनामा र उनले एन्फालाई लगाएको आरोपले उग्ररुप लिएको थियो ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.