default_image

2 weeks ago

October 30, 2025

मलेसियाविरुद्धको खेलमा फुटबल टोलीको प्रशिक्षक नेपाली नै !

1625 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली प्रशिक्षकलाई राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी दिने भएको छ।

म्याट रसले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएपछि छनोटमा मलेसियाविरुद्ध नेपालीलाई‌ प्रशिक्षकको जिम्मेवारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।

एएफसीको प्रतियोगितामा राष्ट्रिय टोलीको प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्छ। तर एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएर मलेसियाविरुद्धको खेलका लागि विना प्रो प्रशिक्षक नियुक्तको छुटको माग गरेको पनि बताए।

तुलाधरले एएफसीको स्वीकृत पछि एक पटकको लागि नेपाली प्रशिक्षकलाई नै जिम्मेवारी दिइने र भोलि प्रशिक्षकको घोषणा गर्ने पनि जनाए।

आइतबारदेखि नै नेपाली टोलीको प्रशिक्षण सुरु गर्ने भएकोले भोलि नै प्रशिक्षक चयन गरिने उनले जानकारी दिए । नेपाल र मलेसियाको खेल मंसिर २ गते मलेसियामा हुनेछ। त्यसअघि नेपाल र घरेलु टोली बंगलादेशबीच कात्तिक २७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले सार्वजनिक गरिसकेको छ।

मलेसियापछि लाओससँगको खेलको लागि भने प्रो लाइसेन्स प्रशिक्षक नियुक्त गरिसक्ने पनि तुलाधरले जानकारी दिए।। प्रशिक्षक म्याट रसले केहि दिन अगाडि फोन मार्फत पदबाट राजीनामा दिएको तुलाधरले बताए ।

‘रसले केही दिन अघि नेपाल छोडिसक्नु भएको छ । राष्ट्रिय टोलीलाई नतिजा दिलाउन नसकेकै कारण उहाँले निरन्तरता दिन चाहानुभएन, सिइओ तुलाधरले भने, ‘उहाँको केही व्यक्तिगत कारण पनि थिए । त्यसलाई सार्वजनिक गर्न मिल्दैन।’

रसले ८ महिना मुख्य प्रशिक्षक रहँदा नेपाली टोलीले ७ खेल खेलेको थियो।‌ जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् ।

रसले सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरलाई १-० ले हराएको थियो । त्यो नै उनको लागि उत्कृष्ट नतिजा रहयो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १-१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो ।

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

Success

Thank you for your time.