default_image

2 weeks ago

October 30, 2025

लिग सन्चालनका लागि सुझाव पेश गर्न कार्यदल गठन

599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि सुझाव पेश लागि युवा तथा खेलकुद मन्त्रालयले आज ७ सदस्यीय कार्यदल गठन गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फ) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलको सदस्यमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट एक प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) का इन्जिनियर सविन महर्जन, ए डिभिजन क्लबबाट एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, विभागीय टिमबाट एपिएफका जिवेश पाण्डे, एन्फाबाट गोकुल थापा र खेल विज्ञको रुपमा नविन चित्रकार रहेका छन्।

कार्यदलले भोलि देखि काम सुरु गर्ने र ५ दिनभित्र मन्त्रालयलाई प्रतिवेदन बुझाउनु पर्नेछ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ५० दिनभित्र लिग सञ्चालन गर्न दिएको निर्देशनलाई पालना गर्ने गरी काम गर्ने संयोजक तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।

तत्काल लिग सञ्चालनसँगै नियमित हुन नसकेको लिगलाई नियमित बनाउन सरकार, राखेप, एन्फा र क्लबहरुको जिम्मेवारी र भुमिकाको बारेमा पनि कार्यदलले सुझाव प्रस्तुत गर्ने बताइएको छ।

लिग हुन नसकेको ८ सय ७२ औं दिनमा नवनियुक्त मन्त्री गुप्ताले एन्फा पदाधिकारी र पछि एन्फा तथा क्लब प्रतिनिधिलाई बैठकको लागि आज मन्त्रालयमा बोलाएका थिए।

मन्त्री गुप्ता राखेप सदस्य सचिव टंक लाल घिसिङ सहितको पहिलो बैठक पछि क्लब प्रतिनिधि सहित दोस्रो बैठक भएको थियो।

छलफलमा क्लब र एन्फाले आ-आफ्नो धारणा राखेका थिए। क्लब र एन्फाले राखेको धारणामा कुनै नौलोपन थिएन । यो बैठकमा पनि क्लबले लिग खेल्न तयार रहेको र एन्फाले लिग गर्न तयार रहेको भन्न भने छुटाएनन्।

ए डिभिजनका सबै क्लबका प्रतिनिधिको भने यो बैठकमा उपस्थिति रहेको थिएन्। हिमालयन शेर्पा, जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी लगायतका क्लब प्रतिनिधि मन्त्रालय गएनन्।

बैठकपछि एन्फा महासचिव किरण राईले पुस ९ गते नै लिग सञ्चालनको लागि एन्फा तयार रहेको भन्दै सरकारबाट आर्थिक सहयोग र मैदानको विषयमा सहयोग जरुरी रहेको विषयमा छलफल भएको बताए।

साथै उनले मन्त्रालयले लिग सञ्चालनमा सहजीकरण गरेको भन्दै यसलाई हस्तक्षेप भन्न नमिल्ने पनि बताए।
लिग फरम्याट, खेलाडी दर्ता लगायत सामान्य प्रक्रियाको सुरुवात समेत हुन सकेको छैन । यो अवस्थामा मन्त्रालयले लिग सञ्चालनमा चासो देखाएको हो।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.