2 weeks ago
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको ६ बर्षपछि हरि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
म्याट रसले राजीनामा दिएपछि राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो। नेपाली टोलीले कात्तिक २७ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल्नु पर्ने भएकाले तत्कालका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रवार आज खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
एन्फाको टेक्निकल डाइरेक्टर समेत खड्कालाई एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षकको नियुक्त पत्र प्रदान गरे । खड्काले अहिले तत्काल प्रशिक्षक नियुक्त गर्ने समय नभएको कारण जिम्मेवारी लिनुपर्ने अवस्था बनेको बताए।
‘परिस्थितिले जिम्मेवारी लिनुपर्ने अवस्था बन्यो। संकट पर्दा टेक्निकल डाइरेक्टर मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने विश्व फुटबल छ, ‘ खडकाले भने,’ यो मेरो लागि जति चुनौती हो त्यतिकै अवसर पनि हो। त्यसैले व्यक्तिगत चाहना भन्दा पनि परिस्थिति आएको जिम्मेवारीलाई स्वीकार गरेको हुँ।’
खड्काले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्तको लागि प्रक्रिया पनि सुरु गरि हाल्ने खड्काले जानकारी दिए । मैले सम्हाले भनेको अर्को व्यवस्था नभएसम्मको लागि हो, उनले भने,’ हामी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक को नियुक्तिको प्रक्रिया पनि अघि बढाउँछौं।’
एक दशकअघि प्याट्रिक अजम्स राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षक रहँदा खड्का सहायक प्रशिक्षक थिए।
सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला राष्ट्रिय टोली फाइनलमा पराजित भएपछि
खड्काले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।
पोखरामा भएको फाइनलमा भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनाको घोषणा गरेका थिए।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफूले लिदै राजीनामा दिएको बताएका थिए। उनको नेतृत्वमा नेपाली महिला टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।
उनको प्रशिक्षणमा महिला टोलीले भारतमा हिरो कप, उज्वेकिस्तानमा नाजेज्दा को, विराटनगरमा साफ च्याम्पियनसिप र पोखरामा सागको फाइनल खेलेको थियो। खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]