2 weeks ago
November 2, 2025
एजेन्सी – लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार ४ खेलको हारको शृंखलालाई अन्त्य गरेको छ। शनिवार एनफिल्डमा भएको खेलमा मोहम्मद सालाह र रायन ग्राभेनबर्चले गोल गरे।
सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरे। जुन उनको लिभरपुलका लागि २ सय ५०औं गोल पनि हो। यो गोल एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजको गल्तीका कारण सम्भव भयो।
रायन ग्राभेनबर्चले ५८औं मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जित निश्चित भयो।
यो जितसँगै लिभरपुल (१८) अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। तर टोली शीर्ष क्लब आर्सनलभन्दा ७ अंकले पछि छ । एस्टन भिल्ला भने ११औं स्थानमा छ।
चेल्सी पाँचौं स्थानमा
चेल्सीले शनिबार लन्डन डर्बीमा टोटनहमलाई १-० ले हराउँदै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
३४औं मिनेटमा जोआओ पेड्रोले गरेको गोल नै खेलको निर्णायक बन्यो । उनले मोइसिस काइसिडोको पासमा नजिकैबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।
यो नतिजासँगै समान १७ अंकसहित टोटनहम चौथो र चेल्सी पाँचौँ स्थानमा छन् । टोटनहम गोल अन्तरमा अगाडि छ।
प्रिमियर लिगमा शनिवारको नतिजा र शीर्ष १० को तालिका
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]