default_image

2 weeks ago

November 2, 2025

रियलको जितमा एमबाप्पेको २ गोल

738 views

0 Bookmark

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल म्याड्रिडले शनिवार भ्यालेन्सियालाई‌ ४-० ले हराएको छ ‌। योसँगै शीर्ष स्थानको रियलले ला लिगामा ७ अंकको अग्रता बनाएको छ।

सान्टियागो बेर्नाबेउमा एमबाप्पेले खेल सुरु भएको ३१ मिनेटभित्र २ गोल गरे। त्यसपछि भ्यालेन्सियाका गोलकिपर जुलेन आगिरेजाबालाले भिनिसियस जुनियरको पेनाल्टी रोके ।

जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै रियललाई पहिलो हाफमा ३–० अघि बढाए। अल्भारो करेरासले ८२औं मिनेटमा गोल गर्दै रियलको लगातार चौथो जित पक्का गरे।

गत साता एल क्लासिकोमा बेन्चमा बस्दा असन्तुष्टि व्यक्त गरेका भिनिसियसलाई यो खेलमा पनि धेरै ध्यान दिइएको थियो। उनले एमबाप्पे र बेलिङ्घमसँगै अग्रपंक्तिमा खेले।

एमबाप्पेले १९औँ मिनेटमा पेनाल्टीमा खेलको पहिलो गोल गरे। त्यो पेनाल्टी फ्रान्को मास्तान्तुओनोको कर्नर भ्यालेन्सियाका डिफेन्डर सेसर तार्रिगाको ह्यान्ड भएपछि दिइएको थियो।

बेलिङ्घमको पासमा अर्दा गुलरले क्रस गरे र एमबाप्पेले भलिबाट ३१ औं मिनेटमा दोस्रो गोल थपे। ४३ औं भिनिसियसले गरेको पेनाल्टी प्रहारलाई गोलकिपरले सजिलै रोके।

४४ औं मिनेटमा बेलिङ्घमले गोल गर्दै टोलीको पकड बलियो बनाए। दोस्रो हाफमा खेल त्यति रोचक रहेन। ८२ औं मिनेटमा करेरासले गरेको गोल खेलको अन्तिम रह्यो ।

यो जितसँगै रियलले पछिल्ला ११ खेलमध्ये १० खेल जितेको छ। रियलको ३० अंक छ। भिल्लारियलले रायो भालेकानोलाई ४–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.