default_image

1 week ago

November 2, 2025

भारतसँग अस्ट्रेलिया पराजित

728 views

0 Bookmark

एजेन्सी – भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ।

होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो। टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

भारतका बलर अर्शदीप सिंह सबैभन्दा सफल रहे । उनले ४ ओभरमा ३५ रन दिए र ३ विकेट लिए। उनले सुरुमा ट्राभिस हेड र जोश इङ्लिसलाई आउट गर्दै अष्ट्रेलियालाई १४/२ को अवस्थासम्म सिमित गरे ।

उनले मार्कस स्टोइनिसको क्याच लिए । अर्शदीप ‘प्लेयर अफ द म्याच’ बने। बरुण चक्रवर्तीले २ विकेट लिए।

भारतले जवाफी इनिङ्स आक्रामक रुपमा सुरु गर्यो। अभिषेक शर्माले १६ बलमा २५ रन बनाए । कप्तान सूर्यकुमार यादवले ११ बलमा २४ रन जोडे। तिलक वर्माले २९ ,अक्षर पटेल १७ र शुभमन गिलले १५ रन बनाए।

अन्त्यमा वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित तर्फ अघि बढाए। उनले केवल २३ बलमा नटआउट ४९ रन बनाए।

सुन्दरलाई जितेश शर्माले २२ रन जोड्दै राम्रो साथ दिए। भारतले ९ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। सिरिजमा अब २ खेल‌ बाँकी छ ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.