1 week ago
November 3, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेको आइतवारको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ ले हराएको छ। यो जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
एतिहाद रंगशालामा भएको खेलमा हालान्डले ३३ मिनेटमा नै दुई गोल गरे। १७ औं र ३३ औं मिनेटमा हालान्डले रायन चेर्कीको पासमा गोल गरेका हुन्।
बोर्नमाउथका टायलर एडम्सले २५ औं मिनेटमा बराबरी गोल गरेका थिए । सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माको गल्तीको फाइदा उठाउँदै एडम्सले गोल गरेका थिए। तर हालान्डको गोलमा सिटी पहिलो हाफमा २-१ ले अगाडि रह्यो ।
दोस्रो हाफमा बोर्नमाउथले बराबरी गोलको प्रयास गरे पनि सिटीले खेलमा नियन्त्रण कायम राख्यो। खेलको ६०औं मिनेटमा निको ओरिलीले गोल गर्दै सिटीको जित पक्का गरे।
यो जितसँगै १० खेलमा सिटीको १९ अंक पुगेको छ। शीर्ष स्थानको आर्सनलभन्दा सिटी ६ अंकले पछाडि छ। बोर्नमाउथ चौथो स्थानमा छ।
आइतवारको अर्को खेलमा वेस्ट ह्यामले न्युक्यासललाई ३-१ ले हराएको छ।
आइतवारको नतिजा र अंक तालिकाका शीर्ष १० टोली
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]