2 weeks ago
November 3, 2025
पोखरा (हाम्रो खेलकुद) – पोखरा ९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयले सहारा क्लब पोखराको १४ औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई आज बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
विद्यालयको स्थापनाकाल देखि हाल सम्म शैक्षिक क्षेत्रमा नजिक रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आईरहेको सहारा क्लबको कार्यसमितिलाई विद्यालयमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा दिपेन्द्र मर्सानी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई बधाई दिए ।
विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहारा क्लबका निवर्तमान अध्यक्ष तथा विद्यालयका पूर्व सल्लाहाकार केशवराज बराललाई सम्मान पत्र गरियो ।
सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले कार्यक्रमको आयोजनाले विद्यालय र क्लब झनै नजिक रहने र आपसी साझेदारी कायमै रहने प्रतिबद्धता व्यक्त गरे ।
वडा अध्यक्ष मर्सानीलेले सफल कार्यकालको शुभकामना दिदैं दुबै संस्थामा आफू जिम्मेवार रहेको र साथ सहयोग रहने विश्वास दिलाए ।
क्लबका पूर्व अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयको उन्नती र विकासमा सहारा क्लबले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताए । उनले विद्यालयले भविष्यमा पनि क्लबबाट सहयोग र सद्भाव पाउने विश्वास राखेको सुनाए ।
कार्यक्रममा विद्यालयका समिति, सहारा क्लब परिवार, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
सहारा क्लबले पोखराको दोबिल्लामा अनाथका लागि सहारा फुटबल एकेडेमी सन्चालनका साथै हरेक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]