1 week ago
November 3, 2025
रविन्द्र वाईबा , हेटौंडा
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग बुधवार सुरु हुने भएको छ।
एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने बताए ।
जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की छन् ।
प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ। हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। सेमिफाइनलका चार टोलीले राष्ट्रिय लिगक लागि छनोट हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए।
पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् प्रतियोगिताका संयोजक टीका राम लामा, एन्फाका लिग निर्देशक सन्जिव मिश्र , सदस्य संयोजक लवराज ठकुरी, एन्फा मकवानपुरका उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष अमृत लुङ्बा लगायतको उपस्तिथि थियो।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]